खोटाङ, ११ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री सर्वधन राईले सभापतिको विषयमा कोहीसँग सम्झौता नहुने बताउनुभएको छ ्बिहीबार जिल्लामा क्रियाशिल पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा संक्षिप्त कुरा राख्दै राईले खोटाङ कांग्रेसको आसन्न सातौ जिल्ला अधिवेशनमा आफूले सभापतिको उम्मेद्वारी दिने र सभापतिको हकमा कोही कसैसँग कुनै सम्झौता नहुने बताउनुभयो ।
कांग्रेस पार्टी लथालिङग भएको छ। उहाँले भन्नुभयो, “संगठन पटक्कै चलायमान छैन, कांग्रेस भएर पनि कार्यकर्ताले शिर निहुराएर हिड्नु परेको छ।” ‘यो स्थिती कसले बनायो, कसले सुधार्ने ? राईले प्रश्न चिन्ह खडा गर्नुभयो।
उहाँले भन्नुभयो, “यी सबै समस्या सुधारेर पार्टीलाई चलायमान र प्रतिपक्षले कांग्रेस पार्टी भएको अनुभूति गर्नेगरी पार्टीलाई हाक्न सभापतिमा मैले उम्मेद्वारी दिन लागेको हुँ।” ‘सभापतिको विषयमा कोहीसँग सम्झौता हुदैन तपाईहरु ढुक्क हुनुहोस।’
कांग्रेसमा संस्थागत राजनीति नभएको समस्यालाई सल्टाउने, व्यापक मौलाएको भ्रष्टाचारलाई कम गर्ने, पार्टीलाई पार्टी जस्तो बनाउने योजना रहेको उहाँले एस्तो बताउनुभएको हो ।
जिल्ला नबस्ने नेता भनेर ट्याग लगाउने गरेका छन् नि भन्ने पत्रकारको प्रश्नमा राईले भन्नुभएको छ । राजनीतिक अस्थिरताका कारण वस्ने वातावरण नभएको हो। नबसेको हैन। त्यो बेला परिस्थिती त्यस्तै थियो। खै त बसेकाहरुले पनि पार्टी बनाएको ?राईले भन्नुभयोे, ‘अब सभापति बनेर पार्टीलाई बलियो बनाउनेछु, हाँक्नेछु।’