खोटाङ, १६ कातिक । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्यसहित हलेसी तुवाचुङका सवै नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एवम् हलेसी तुवाचुङ नगरपालिकाका सचीव कुमार बुढाथोकीको नेतृत्वमा सो नगरपालिकामा रहेका २४ जना माओवादी नेता कार्यकर्ता आज(मंगलबार) एमालेमा प्रवेश गरेका हुन् ।
समृद्ध नेपाल सुखी नेपालीको अवधारणासहित अघि बढेको नेकपाको निरन्तरता नेकपा एमाले नै रहेको भन्दै २४ जना नेताहरुले विज्ञप्ती जारी गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
विज्ञप्तीमा जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै आफूहरु एमालेमा समाहित भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ । उहाँहरुले एमालेले मात्रै मुलुकको हित गर्ने कुरा थापित भइसकेकोले नेकपा माओवादीमा बसेर आफ्नो र मुुलुकको भविष्य वर्वाद बनाउने गल्ती नगर्न सबैलाई अपिलसमेत गरिएको छ ।