खोटाङ, १७ कातिक । खोटाङमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी परित्यागगरी १७ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका १६ र जसपाका प्रभावशाली नेता शम्भु घिमिरेसहित १७ जना पार्टीमा आवद्ध क्रियाशिल नेता तथा कार्यकर्ता बुधबार एमालेमा प्रवेश गरेका हुन् ।
जनता समाजवादीका क्रियाशिल सदस्य समाजसेवी, वुद्दिजिबी एवम् ज्योती माध्यामिक विद्यालय राजापानीकाका पुर्व प्रध्यानाध्यापक घिमिरे एमाले प्रवेश गर्नुभएको नेकपा एमाले जिल्ला सदस्य एवम् युवा नेता ओमप्रकाश घिमिरेले बताउनुभयो ।
नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्क वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले प्रवेश गरेको नेकपा एमाले खोटाङका सचिव कुमार आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्तालाई एमाले खोटाङका इन्चार्ज एवम् एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले खादा तथा अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।
नवप्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिइने एमालले जनाएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजनाथ ढुङ्गाना, एमाले खोटाङका उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवम् जिल्ला सचिवालय सदस्य दीपनारायण रिजाल, जिल्ला कमिटी सचिवालय सदस्य एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाकी उपप्रमुख विणादेवी राई जिल्ला सदस्य कमल ढकाल, ओमप्रकाश घिमिरेलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस्