काठमाडौँ, २२ कातिक । अहीले ९१ बर्षको उमेरमा रहेकी पूर्व मन्त्री एवं समाजसेवी साहित्यकार भद्रकुमारी घलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजा महेन्द्र सँग तुलना गरेकी छिन् ।
पूर्व मन्त्री घलेले यो देशको राष्ट्रवादी र विकासप्रेमी पहिलो नेता राजा महेन्द्र हो त्यस पछिको केपी ओलीनै हो भनेकी छिन् ।ओलीलाई प्रधानमन्त्री हटाए पछि अब विकासको काम सबै रोकिने र जनताले दुख पाउँने भन्दै घलेले देउवा प्रधानमन्त्री हुनु देशको लगी दुर्भाग्य भएको बताएकी छिन् ।
घलेले केपी ओलीले अहिले प्रतिपक्षमा भए पनि आगामी चुनाव पछि सके दुई तिहाइ नसके पनि प्रष्ट बहुमत सहित सरकार बनाउँने विश्वास गरिन् ।
देश विकास गर्न भए पनि सबै नेपालीले ओलीलाई जिताउँनु पर्ने पनि उनले बताइन् । कुराकानीका क्रममा पूर्वमन्त्री घलेले अहिले केपी ओली बालकोटमा साँद लगाउँन गएको भन्दै अब अझै धारिलो बनेर आउँने दाबी गरेकी छिन् ।
आफु पनि आउँदो चुनावमा ओलीका लागी भोट माग्न हिड्ने भन्दै उनले देश प्रेमी र विकास प्रेमी सबैले ओलीलाई जिताउँनु पर्ने बताइन् । पूर्वमन्त्री एवं समाजसेवी भद्रकुमारी घलेले नेकपा एमाले विभाजन गरेर नेकपा एकिकृत समजवादी पार्टीका अध्यक्ष बनेका माधव कुमार नेपालको हर्कत प्रति कडा शब्दमा आलोचना गरेकी छिन् ।
माधव कुमार नेपालले एमाले विभाजन गराएर धेरै ठूलो गल्ती गरको भन्दै ९१ बर्षिया घलेले माधव नेपालले आज सम्मको जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको बताएकी छिन् ।
पार्टी फुटाएर नेपालले आफ्नो खुट्टामा आफैँले बन्चरो हान्ने काम गरेको पनी उनले बताइन् । पूर्वमन्त्री घलेले माधव नेपाललाई यती ठूलो पार्टी विभाजन गराएर हिड्न लाज किन नभएको होला भन्दै प्रश्न गरेकी छिन् । माधव नेपाललाई त बास्तवमा नेता भनेर हिड्न पनि लाज हुनु पर्ने भन्दै उनले त्यस्तो मान्छेले नेता भनेर हिड्न सुहाउँछ रु भन्दै प्रश्न गरेकी छिन् ।
कुराकानीको क्रममा घलेले मात्र पद, पैसा र स्वार्थको लागी पार्टी फुटाइएको भन्दै ओलीजस्तो बहादुर प्रधानमन्त्रीको विरुद्ध गएर उनीहरुले गल्ती गरेको बताइन । राजा महेन्द्र पछिको सबैभन्दा रामो र आफुलाई मन परेको नेता ओलीनै हो भन्द फेरी पनि ओलीकै राजनिती अघि बढ्ने दावी गरिन् ।
माधव नेपाल प्रति निकै आक्रोसित रुपमा प्रस्तुत भएकी ९१ बर्षिया घलेले अब माधव नेपालको राजनिती कहिल्यै पनि माथी उठ्न नसक्ने ठोकुुवा गरिन् । म बुढि मान्छेले भनेकी छु बावु यस्तो काम गरेर हिड्ने माधव नेपालको कहिल्यै भलो हुँदैन मलाई लाग्छ अब यिनको राजनितीनै सकियो उनले भनिन् ।
पद र पैसाका लागी नेताहरुले जे पनि गर्न थालेको भन्दै पुर्वमन्त्री घलेले पाँट पटक सम्म प्रधानमन्त्री भएको शेरबहादुर देउवाले गरेको एउटा मात्रै पनि राम्रो काम देखाउँन चुनौती दिएकी छिन् । देउवाले आज सम्म एउटा पनि राम्रो काम नगरेको उनको दावी छ ।