एमाले महाधिवेशनमा दुई छिमेकसहित ६२ देशका दललाई निम्तो पठाइयो

Halesi Khabar
0 Shares

काठमाडौं, २४ कातिक । नेकपा एमालेले आगामी १०-१२ मंसिरसम्म हुने दसौँ राष्ट्रिय महाधिवेशनमा छिमेकी भारत, चीनलगायत विभिन्न देशका ६२ राजनीतिक दललाई निम्तो पठाएको छ । चितवनमा हुने एमाले महाकुम्भमा छिमेकीसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाइएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारीदिनुभयो ।

पार्टीको महाधिवेशनमा विदेशी पाहुना बोलाउने परम्पराअनुसार विभिन्न देशका राजनीतिक दलहरूलाई निम्तो पठाइएको हो । निम्तो पठाइए पनि हालसम्म कति देशका पाहुना आउँछन् भन्ने टुंगोचाहिँ भइनसकेको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया