पार्टी निकट पत्रकारहरुसँग माधव नेपालले भने–रक्सी खाएको थाहा पाएँ भने राम्रो मान्दिनँ !

Halesi Khabar
0 Shares

काठमाडौँ, २७ कातिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई रक्सी नखान निर्देशन दिनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रक्सी खाएको थाहा पाएँ राम्रो नमान्ने बताए । ‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन’, नेपालले भन्नुभयो ।

पार्टी नेताहरु समेत साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना पाएको अध्यक्ष नेपालले बताउनुभयो । पत्रकारहरुले पनि त्यसो गर्न नहुने उहाँले बताउनुभयो ।

‘म सुझाव दिन्छु, रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ । रोग निम्त्याउँछ, रोगी बनाउँछ’, रक्सी पिउन छोड्न आग्रह गर्नुभयो । आर्थिक प्रलोभनमा परेर राक्षसलाई देउता बनाउने काम नगर्न पनि अध्यक्ष नेपालले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया