जसले केपी ओलीको आलोचना गर्छ त्यो नेपाली हुँदै होइन : शेरबहादुर तामाङ

0 Shares

काठमाडौँ, २७ कातिक। नेकपा एमाले दशौँ महाधिवेशनका लागि तीव्रताका साथ लागेको छ। चितवनको नारायणी किनारमा उद्घाटन भई सौराहामा बाँकी कार्यक्रम हुने बताइएको महाधिवेशन लक्षित भएर नेताहरुको चितवन भ्रमण बाक्लिएको छ।

सहमतिको महाधिवेशन भनेर प्रचार गरिएको यस महाधिवेशनको तयारीको अवस्थाको अवलोकन गरी चितवनबाट बिहीबार फर्किएका पूर्व स्वास्थ्यमन्त्री एवं पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङ महाधिवेशनको तयारी अवस्थादेखि लिएर चितवनमै महाधिवेशन आयोजना गर्ने निर्णय र पार्टीको आन्तरिक लोकतन्त्रको विषयमा गरिएको कुराकानी प्रस्तुत गरेका छौ।

महाधिवेशन स्थल अवलोकनका लागि तपाईंलगायतका नेताहरु चितवन पुग्नुभएको थियो, महाधिवेशन तयारीको अवस्था कस्तो छ ? महाधिवेशन चितवनको नारायणी किनारमा गर्ने हाम्रो तयारी हो।

उद्घाटन स्थलको सबै नक्साङ्न भइसकेको छ। अब त्यहाँ केही प्राविधिक काम बाँकी छन्। त्यसको तयारीमा हामी लागेका छौँ। यदि नारायणी किनारमा नअटेको अवस्थामा गैडाकोटतिरको तिरलाई पनि प्रयोग गर्ने हाम्रो सोंच छ।

गौडाकोटतिरको किनारमा स्क्रिन राख्ने भन्ने हाम्रो तयारी छ। नारायणीको दुवै किनार प्रयोग गर्दा पनि स्थान भने केही साघुँरो हुने हामीले अनुमान गरेका छौँ। सौराहामा हामीले बन्दसत्र गर्दैछौँ।

प्रतिनिधीहरुलाई सौराहाको होटलमा नै राख्ने तय भएको छ। महाधिवेशनको उद्घाटन नारायणी किनारमा गरेर बाँकी कार्य सौराहामा सम्पन्न गर्ने हामीले तय गरेका छौँ।

यो महाधिवेशन आयोजना स्थलको कुरा भयो, सम्पूर्ण महाधिवेशनका अन्य प्राविधिक कार्यको अवस्था कस्तो छ?
अरु प्राविधिक कुराहरु जस्तै: दस्तावेज छाप्ने लगायतका काम चलिरहेको छ।

२७ कात्तिकमा महाधिवेशन प्रतिनिधी छनोट भएपछि ३० कात्तिकमा हामी नाम सार्वजनिक गछौँ। यस्तै ५ मंसिरभित्र सबै प्रतिनिधीहरुलाई आवश्यक पर्ने सामग्री जस्तै दस्तावेज, प्रतिनिधी परिचयपत्र लगायतको व्यवस्थापन सक्ने तयारी छ।

१० गतेको उद्घाटन सत्र सकिएपछि अन्य सहभागी फर्किन्छन् भने प्रतिनिधीहरुलाई हामी सौराहा लैजान्छौँ। ११ गते बिहानैदेखि बन्दसत्रको कार्यक्रम शुरु गर्ने हाम्रो लक्ष्य छ। महाधिवेशनको मतदान प्रक्रियालाई विद्युतीय प्रणालीमा लैजाने हाम्रो तयारी छ।

त्यसको अभ्यास हामीले अहिले केन्द्रीय पार्टी कार्यालयमा गरिरहेका छौँ भने महाधिवेशन स्थलमा बन्दसत्र शुरु हुनुअघि पनि अभ्यास कार्य गर्नेछौँ। २७ गतेको प्रतिनिधी छनोटका लागि पनि हामी केन्द्रीय कार्यालयमा विद्युतीय मेशिनको प्रयोग गर्नेछौँ।

तपाईको प्रतिक्रिया