खोटाङ, २८ कातिक । पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेशमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पिसिआर परीक्षणका आधारमा झापामा १५, मोरङमा आठ, सुनसरीमा तीन र इलाममा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । आइतबार मात्रै १७ महिलासहित ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।