मुस्ताङ भीषण हिमपहिरो, घाइतेहरुको संख्या बढ्यो

Halesi Khabar
0 Shares

काठमाडौं, २८ कातिक । भीषण हिमपहिरो झरेपछि हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा तनाव उत्पन्न भएको छ । त्यहाँको टुकुचे हिमालमा हिमपहिरो जाँदा १५० भन्दा धेरै चौरीगाई हराएका छन् ।

थासाङ गाउँपालिका कोबाङ माथि पर्ने टुचुके पिकबाट हिमपहिरो खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । प्रजिअ शर्माले भन्नुभयो “अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति भएको जानकारी छैन ।”

जिल्लाको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेपछि भागदौड मच्चिँदा घाइते हुनेको संख्या ११ पुगेको हो ।

नाउरीकोटस्थित रमला तुलाचनको घरको छानो उडाएको पनि प्रहरी प्रमुख दानीले बताउनुभयो । उहाँका अनुसार पहिरोका कारण बोक्से खोलाको पानी धमिलो भएको छ ।

बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूबीच भागदौड मच्चिएको थियो । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म अन्य क्षतिको विवरण आइसकेको छैन, सुरक्षा समितिका सबै हामी घटनास्थल नजिकै छन् । थासाङ गाउँपालिका-२ का अध्यक्ष नरप्रसाद हिराचनका अनुसार दुई परिवारको चौरी गोठ पहिरोले पुरेको छ ।

दुई जना कृषक सकेन्द्र गौचन र भीमप्रसाद थकालीले त्यस क्षेत्रमा १५० चौरी पालेकोमा आइतबार मध्यान्ह पौने १२ बजे हिमपहिरो जाँदा सबै चौंरी पुरिएको अध्यक्ष हिराचनले बताउनुभयो । वडा अध्यक्ष हिराचनका अनुसार हिमपहिरो जाँदा रत्नदेवी तुलाचनको घरमा क्षति भएको छ ।

प्रदेश सांसद महेन्द्र थकाली, चन्द्रमोहन गौचन, सुरक्षा समिति मुस्ताङका सदस्यहरु सबै घटनास्थलमा पुगेको गण्डकी प्रदेशसभा सांसद चन्द्रमोहन गौचनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया