विराटनगर, २९ कातिक । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नम्बर- १ मा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा १५, मोरङमा आठ, सुनसरीमा तीन र इलाममा दुईजनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेशमा आजै १७ महिलासहित ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुईजना पुरुषको मृत्यु भएको बताइएको छ ।