आफ्नै बाबुले गरे छोराछोरी माथि एसिड प्रहार

Halesi Khabar
0 Shares

सोलुखुम्बु, ६ मंसिर । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-५ बसन्त बजारमा आफ्नै बाबुले छोराछोरी माथि एसिड प्रहार गरेका छन् । सोमबार राति करिब ८ : ४० बजेको समयमा मादक पदार्थ सेवन गरेका वर्ष अन्दाजी ५५ का मोहन बराईलीले आफ्नै २५ वर्षीय छोरा र १६ वर्षीया छोरी माथि एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहार गर्ने बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ भने छोरा र छोरीको जिल्ला अस्पताल फाप्लुमा उपचार शुरु जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । छोरीको अवस्था सामान्य रहेको तर छोराको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताउनुभयो ।

घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया