एमालेको दशौँ राष्ट्र्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षसहित सात सदस्यीय माइन्युट मण्डल गठन

Halesi Khabar
0 Shares

काठमाडौं, ७ मंसिर । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको हो ।

अध्यक्ष मण्डलमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि गठन भएको छ । माइन्युट मण्डलमा सचिव पृथ्वी सुव्वा, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा,ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् । आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको १० औँ महाधिवेशन चितवनमा हुँदैछ ।

तपाईको प्रतिक्रिया