खोटाङ, ७ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर—१ मा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन सय ५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।
पीसीआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा झापाको बुद्धशान्ति र कनकाईमा ६-६, मेचीनगरमा ३, दमक र झापा गाउँपालिकामा २-२, गौरादह, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा १-१, सुनसरीको धरानमा ८ र इटहरीमा ५, मोरङको विराटनगरमा ४, उर्लाबारी र रंगेलीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको कटारी, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका १-१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर — १ मा आज ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३ महिला र २० पुरुष रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।