कांग्रेसको नेतृत्व चयनका लागि खोटाङमा मतदान शुरु

Halesi Khabar
0 Shares

खोटाङ, ८ मंसिर । नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालय बुधबार बिहान ७ बजेदेखि मतदान शुरु भएको हो ।

कांग्रेसका १ हजार ३ सय ७३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गरिरहेको छ । उनीहरुले सातौं जिल्ला अधिवेशनमा सभापतिका उम्मेद्वारी दिएका पूर्वराज्यमन्त्री सर्वधन राई र पूर्व पार्टी सभापति विष्णुकुमार राईको प्यानललाई मतदान गरिरहेका छन् । सर्वधन प्यानलको उपसभापतिमा मनोज तिम्सिना, राजन सैंजु सचिवमा रोजन राई रामकुमार राई (साम्पाङ) सह-सचिवमा ध्यान बहादुर राई र राजुकमार राई छन् ।

यस्तै, विष्णुकुमार प्यानलको उपसभापतिमा इवन राई, तिर्थराज भट्टराई सचिवमा ज्ञानेन्द्र जोशी, समिर राई, सह-सचिवमा सार्जन राई र शालिकराम बन्जारा रहेका छन्। क्षेत्रिय प्रतिनिधिले जिल्ला कार्य समितिमा मेजर पोष्टका ७ वाहेक ३२ जना चयन गर्नेछ ।

यस्तै, प्रतिनिधिले महाधिवेशन प्रतिनिधि खुल्लामा १०, खुल्ला महिला ४, खस आर्य २, खस आर्य महिला १, आदिवासी जनजाती ३, आदिवासी जनजाती महिला ३, दलित १, अल्पसंख्यकवाट १ जना चयन गर्नेछ ।

हालसम्म आधा पनि मतदान नभएको जिल्ला निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले मतदानका लागि विहान ७ वजेदेखि अपरान्ह १ वजेसम्मलाई समय तोकेको थियो । केन्द्रीय निर्वाचन समितिले एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गतेलाई तोकेको भए पनि खोटाङमा भने तोकिएको मितिमा उम्मेद्वारी दर्ता र मंसिर ७ गते अन्तिम नामावली प्रकाशन मात्रै भएको थियो ।

तपाईको प्रतिक्रिया