खोटाङ, ९ मङ्सिर, नेपाली काँग्रेस खोटाङको सभापतिमा पूर्वसभापति विष्णुकुमार राईको अग्रता कायम छ । ९०० मत गणना हुँदा पूर्वसभापति राई पूर्व राज्यमन्त्री सर्वधन राईभन्दा ६२ मतले अगाडि देखिनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार पूर्वसभापति राईले ४६४ मत पाउँदा पूर्व राज्यमन्त्री राईले ४०२ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना आजै राति सम्पन्न हुने जनाइएको छ ।
काँग्रेस खोटाङको पछिल्लो मत परिणाम
जम्मा खसेको मत १३२२ ।
हालसम्म गणना भएको मत ९०० ।
सभापति
विष्णुकुमार राई ४६४
सर्वधन राई ४०२
उपसभापति
इवन राई ५०५
तीर्थराज भट्टराई ५१७
मनोज तिम्सिना ३६५
राजन सैंजू २५३
सचिव
रामकुमार राई साम्पाङ ३६९
रोजन राई ३६७
समिर राई ४५५
ज्ञानेन्द्र जोशी ४२३
सहसचिव
ध्यानबहादुर राई ३८३
राजकुमार राई ३८९
सार्जन राई ४१३
शालिकराम बञ्जरा ४००