खोटाङ, ९ मङ्सिर, नेपाली काँग्रेस खोटाङको सभापतिमा पूर्वसभापति विष्णुकुमार राईको अग्रता कायम छ । १००० मत गणना हुँदा पूर्वसभापति राई पूर्व राज्यमन्त्री सर्वधन राईभन्दा ७७ मतले अगाडि देखिनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार पूर्वसभापति राईले ५२० मत पाउँदा पूर्व राज्यमन्त्री राईले ४४३ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना आजै राति सम्पन्न हुने जनाइएको छ ।
काँग्रेस खोटाङको पछिल्लो मत परिणाम
जम्मा खसेको मत १३२२ ।
हालसम्म गणना भएको मत १००० ।
सभापति
विष्णुकुमार राई ५२०
सर्वधन राई ४४३
उपसभापति
इवन राई ५६९
तीर्थराज भट्टराई ५७१
मनोज तिम्सिना ४०२
राजन सैंजू २८६
सचिव
रामकुमार राई साम्पाङ ३९७
रोजन राई ४०८
समिर राई ५२०
ज्ञानेन्द्र जोशी ४७६
सहसचिव
ध्यानबहादुर राई ४१८
राजकुमार राई ४२८
सार्जन राई ४७१
शालिकराम बञ्जरा ४५३