खोटाङ, ९ मङ्सिर, नेपाली काँग्रेस खोटाङको सभापतिमा पूर्वसभापति विष्णुकुमार राईको अग्रता कायम छ । ११०० मत गणना हुँदा पूर्वसभापति राई पूर्व राज्यमन्त्री सर्वधन राईभन्दा ८० मतले अगाडि देखिनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार पूर्वसभापति राईले ५७१ मत पाउँदा पूर्व राज्यमन्त्री राईले ४९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना आजै राति सम्पन्न हुने जनाइएको छ ।
काँग्रेस खोटाङको पछिल्लो मत परिणाम
जम्मा खसेको मत १३२२ ।
हालसम्म गणना भएको मत ११०० ।
सभापति
विष्णुकुमार राई ५७१
सर्वधन राई ४९१
उपसभापति
इवन राई ६३०
तीर्थराज भट्टराई ६२२
मनोज तिम्सिना ४४३
राजन सैंजू ३२०
सचिव
रामकुमार राई साम्पाङ ४३२
रोजन राई ४४८
समिर राई ५७५
ज्ञानेन्द्र जोशी ५२९
सहसचिव
ध्यानबहादुर राई ४६२
राजकुमार राई ४७२
सार्जन राई ५१५
शालिकराम बञ्जरा ४९६