युवालाई अरब जानबाट रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा लागू गर्नुपर्छ : प्रदेश प्रमुख खापुङ

Halesi Khabar
0 Shares

खोटाङ, १० मङ्सिर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले अर्गानिक कृषि र व्यवहारिक शिक्षाका माध्यमबाट अरब जाने नौँजवानलाई स्वदेशमै रोक्न सकिने बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे शुक्रबार उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख खापुङले अर्गानिक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्न सके नौँजवानहरु रोजगारीको सिलसिलामा अरब जान नपर्ने बताउनुभयो ।

शुभद्रा मदन फाउण्डेसनको बैकल्पिक शिक्षा अभियान देशको भविष्य, जनताको सुख, शान्ति र समृद्धिसँग मात्रै नभएर रोजगारीसँग पनि गाँसिएको प्रदेश प्रमुख खापुङले बताउनुभयो । “फाउण्डेसनको वैकल्पिक शिक्षाको अभ्यास देशको भविष्य, नेपाली जनताको सुख, शान्ति र संवृद्धि मात्र नभएर रोजगारीसँग गाँसिएको छ”, उहाँले भन्नुभयो, “यत्ति कुरा नेपालीले सिक्यौँ भने जान्यौँ भने नौँजवानहरु अरब जान बन्द हुने स्थिति आउँछ ।”

आगामी केही वर्षभित्र ग्लोवलाइजेसनको कारण हाम्रै देशका मान्छेहरु अमेरिका पुग्नु, अष्ट्रेलिया पुग्नु, लण्डन पुग्नु आफ्नो रुचीको विषय हुन सक्ने अवस्था सिर्जना हुने प्रदेश प्रमुख खापुङले बताउनुभयो । “हामीले प्रयास ग¥यौँ भने अहिलेको जस्तो बाध्यात्मक अवस्थाको अन्त्य हुन्छ”, उहाँले भन्नुभयो, “यो अभ्यास शुभम फाउण्डेशनले शुरु गरेको छ । अब आगामी दिनमा शुभम फाउण्डेशनको अनुशरण सबैले गर्नुपर्छ ।”

प्रदेश प्रमुख खापुङले सोल्मामा सञ्चालन गर्न लागिएको शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन र होमस्टे (घरबास) एकैसाथ उद्घाटन गर्नुभएको छ । शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवनमा कस्टम हायरिङ सेन्टरसमेत सञ्चालनमा ल्याइएको शुभद्रा मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताउनुभयो ।

शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर मध्यपहाडी लोकमार्गमा निर्माण गरिएको शुभम फाउण्डेशनले जनाएको छ । व्यवहारिक शिक्षा लागू गरिएको शुभम फाउण्डेशन घुम्न आउने पर्यटकका लागि सोही नजिक पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याइएको हो ।

होमस्ेट र टेण्टमा कम्तीमा ५० जना पाहुनालाई बास राख्न सकिने फाउण्डेसनका संस्थापक एवम् कृषिविज्ञ मदन राईले बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन प्रदेश सरकारको रु २० लाख तथा शुभम फाउण्डेनको श्रमदानगरी करीब रु ८० लाखमा निर्माण सम्पन्न भएको जनाइएको छ । शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन निर्माणका लागि प्रदेश सरकारको कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरगत उक्त रकम प्राप्त भएको हो ।

शुभम फाउण्डेशनले विभिन्न जिल्लाका अशहाय तथा गरिब बालबालिकालाई जम्मा गरेर व्यवहारिक शिक्षा दिँदै आएको छ । कुटोकोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिँदै आएको शुभम फाउण्डेशनमा विभिन्न ५२ जिल्लाका २०० जना विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया