चितवन, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित हुनुभएको छ । उहाँले जम्मा ७३५ मतका साथ पराजित हुनुभएको हो ।
यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले उपाध्यक्षमा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउनुभएको हो ।
यस्तै सुरेन्द्र पाण्डेले १९३५ मत, रामबहादुर थापा बादलले १७६८, विष्णु पौडेलले १८५८ मत, युवराज ज्ञवालीले १८४३ मत र सुवास नेम्वाङले १८५५ मत ल्याउनुभएको छ । निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा केहीबेरमा गर्नेछ ।
उपाध्यक्षमा विजयी भएकाहरु सबै केपी ओलीले बन्दसत्रमा पेश गर्नुभएको नामहरु हो । यसैगरी अध्यक्षमा केपी ओली विजयी भएका छन् भने वरिष्ठ उपाध्यक्षमा यसअघि नै ईश्वर पोखरेल सर्वसम्मत भइसकेका छन् ।