खोटाङ, नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई पोलिटब्यूरो सदस्य बन्नु भएको छ । आईतबार बसेकोे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि पोलिटब्यूरो सदस्य पनि सँगसगै बन्नु भएको हो ।
देश भर लोकप्रीय नेताका रुपमा परिचित भट्टराई पोलिटब्यूरो सदस्य बनेपछि उनका आफन्त सुभचिन्तक र जिल्लाबासीमा खुसियाली छाएको छ । उहाँलाई फोन म्यासेज तथा सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिनेको ओईरो समेत लागको छ । एमालेको चितवनमा भएको दशौ राष्ट्रिय महाधिवेशनमा भट्टराई पार्टीको सल्लाहामा प्रदेश अध्यक्ष बन्ने भनेर केन्द्रीय कमिटीमा नबसे पछि सामाजिक सञ्जालमा अनेक थरिका टीकाटिप्पणी भएको थियो।
एकथरीले उहाँकोे नाम केन्द्रीय कमिटी नअटाउँदा ठिक्क प¥र्यो वा ब्यङग्यात्मक टिप्पणी गरेका थिए भने अर्कोथरीले चिन्ता, सदभाव प्रकट गरेका थिए ।
यद्यपी, महाधिवेशनपछि भट्टराईले पार्टी अध्यक्ष, महासचिव र उच्च नेतृत्वले आफ्नो परामर्शमै केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने बताउनु भएको थियो ।