काठमाडौं । नेपाल खेलकुद महासंघका अध्यक्ष तथा युवा संघ नेपालका पूर्व अध्यक्ष रमेश कुमार पौडेल नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पौडेल केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयन गर्दा ४४ जनामा युवा नेता पौडेल पनि परेका छन् । विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनित गरिएको छ ।
पौडेल मनोनित भएसँगै देशभर युवाहरुमा खुसियाली छाएको छ । एमालेको चितवनमा भएको दशौ राष्ट्रिय महाधिवेशन सर्वसहमत भए पछि पौडेल केन्द्रीय कमिटिमा परेका थिएनन् । उनलाई आफ्नै टिम भित्रकाले घेरबन्दी गरेर केन्द्रीय सदस्य बन्नबाट रोकेका थिए ।