खोटाङको दिप्रुङमा ४३ बढी एमाले प्रबेश

0 Shares

खोटाङ÷खोटाङको दिप्रुङमा एमालेनै जनताको प्यारो पार्टी भन्दै ४३ जना भन्दा बढी एमाले प्रबेश गरेका छन् । नेकपा एमाले दिप्रुङ चुचुम्मा गाउँ कमिटिद्धारा आयोजित बृहत खुला आमसभा कार्यक्रममा कांग्रेस र मओबादीका ४३ भन्दा बढी नेता कार्यकर्ता एमाले प्रबेश गरेका हुन् ।

नब प्रबेशीहरुलाई नेकपा एमाले स्थाई कमिटि सदस्य शेरधन राई, पोलिटब्यूरो सदस्य बिशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई लगाएतले अबिर माला र खादा लगाएर स्वागत गरेका थिए ।

यो मुलुक परिवर्तन गर्ने एक मात्र प्यारो पार्टी एमाले नै हो, भन्दै बृद्ध देखि युवा सम्म एमालेमा प्रबेश गरेको अध्यक्ष रामप्रसाद दंगालले बताए । उनेले भने, अब हरेक दिन एमालेमा प्रबेशको लहर चल्नेछ, यसका लागि हामी दिप्रुङमा मात्र हैन जिल्लाभर प्रबेश अभियान चलाउछौ ।

दक्षिण पन्थी अबसरबाद संगठनात्मक अराजकतालाई पराजित गरौ जवजको मार्गदर्शनमा समाजबादको आधार तयार पारौ भन्ने मुलनाराका साथ सम्पन्न भएको आमसभामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वडाहरुबाट दुई हजार बढीको सहभागिता रहेको थियो ।

पञ्चमी बजारमा सम्पन्न भएको आमसभामा एमाले स्थाई कमिटि सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि शेरधन राई, विशेष अतिथि तथा एमाले पोलिटब्यूरो बिशाल भट्टराई, विशेष अतिथि तथा एमाले केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, प्रदेश सदस्य राजन ढकाल, ईन्द्र दंगाल, पार्टी उपाध्यक्ष देबबिक्रम राई, सचिब कुमार आचार्य, सचिवालय सदस्य दिपनारायण रिजाल, विणादेबी राई, चर्च बहादुर बिक,राजन बञ्जरा लगाएतले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया