काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको प्रस्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने बताउनुभयो ।
नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरुबीच छलफल गर्न जरुरी रहेको उनले औँल्याउनुभयो । नेपालको राजनीतिक इतिहासमा दलहरू एकताबद्ध भएर अघि बढ्दा सफलता मिलेको चर्चा गर्दै उनले अहिले पनि एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो । देशमा नागरिकको अधिकार ठुलो हुने र पार्टीमा कार्यकर्ताको अधिकार ठुलो हुने उनको भनाइ छ । उहाँले भन्नुभयो, “राष्ट्रियताको सवालमा हामीबीच विमति हुनुपर्ने कारण छैन ।”
नेपाली समाजमा विभेद, असमानता, विभेद, अन्याय, अत्याचार विद्यमान रहेको उल्लेख गर्दै उनले यसलाई समाप्त पार्ने कुरामा दलहरू केन्द्रित हुनुपर्ने बताउनुभयो ।