एमाले जिल्ला अधिवेशन : १५ वटा समिति तथा उपसमिति गठन

Halesi Khabar
0 Shares

खोटाङ, ११ पुस । नेकपा एमाले खोटाङले सातौँ जिल्ला अधिवेशनका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । दिक्तेलस्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा यहि पुस–२३ गते आयोजना हुने सातौँ जिल्ला अधिवेशनका लागि १५ वटा समिति तथा उपसमिति गठन गरेको हो ।

देवविक्रम राईको संयोजकत्वमा मूल व्यवस्थापन समिति, रामप्रसाद दंगालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन उपसमिति, कुमार आचार्यको संयोजकत्वमा साङ्गठनिक प्रतिवेदन लेखन उपसमिति, दीपनारायण रिजालको संयोजकत्वमा आर्थिक सङ्कलन उपसमिति, उपिनकुमार राईको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन उपसमिति गठन गरिएको एमाले खोटाङले जनाएको छ ।

यस्तै, सुरेन्द्रकुमार राईको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, दीलचक्र राईको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, वीणादेवी राईको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति, दीलकुमारी राईको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, चर्चबहादुर विश्वकर्माको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उपसमिति गठन गरिएको एमालेले जनाएको छ ।

यस्तै, सनमान खड्काको संयोजकत्वमा अनुगमन तथा मुल्याङ्कन उपसमिति, सम्मरबहादुर भुजेलको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, दिनेश राईको संयोजकत्वमा स्वयम् सेवक परिचालन उपसमिति, जेनी राईको संयोजकत्वमा माइन्यूट लेखन उपसमिति र कमल ढकालको संयोजकत्वमा बहस नोट उपसमिति गठन गरिएको जिल्ला अध्यक्ष दंगालले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशनमा वडा, गाउँपालिका, नगरपालिका कमिटि, सल्लाहकार परिषद, कम्युनिष्ट मञ्च, खोटाङ–काठमाडौँ सम्पर्क मञ्च, जनसङ्गठन, अल्पसङ्ख्यक, सिमान्तकृत, फरक क्षमता र लैङ्गिक अल्पसङ्ख्यकबाट ९९९ प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने दावी गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका प्रमुख सचेतक एवम् पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई लगायतको उपस्थिति रहेको थियो । सातौँ जिल्ला अधिवेशनका लागि ‘सत्ता लिप्साले जन्माएको गठबन्धन विरुद्ध एक होऔँ, विकास, समृद्धि र अग्रगतिका लागि सबै एमाले एक बनौँ’ भन्ने नारा तय गरिएको छ ।

तपाईको प्रतिक्रिया