प्रचण्डको राजनीति प्रतिवेदनमा गिरीजादेखि माधवसम्मको प्रशंसा, ओलीको चर्को आलोचना

Halesi Khabar
0 Shares

काठमाडौँ, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा तत्कालीन एमालेका महासचिव माधव कुमार नेपाल र काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभएको छ । सो कार्यका लागि तत्कालीन एकताकेन्द्र मसालका नेता नारायणकाजी श्रेष्ठको भूमिकाको पनि उहाँले प्रशंशा गर्नुभयो ।

शान्ति सम्झौतादेखि देशलाई गणतन्त्रसम्म लैजाने वातावरण माधव नेपाल, गिरिजाप्रसाद कोइराला लगायतले निकै महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रचण्डले प्रशंशा गर्नुभयो । प्रचण्डले राजतन्त्र फाल्ने पृष्ठभूमिका रुपमा तत्कालीन ७ दल र माओवादीबीच ऐतिहासिक १२ बुँदे सम्झौता भएको र त्यसकै बेलमा माओवादी शान्तिपूर्ण राजनीतिमा आउँदै अहिलेको अवस्थामा पुगिएको बताउनुभयो ।

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा टुटफुटले पार्टीमा क्षति भएको उल्लेख विस्तारै पार्टीलाई बलियो एकताको नीति लिइएको उल्लेख गर्नुभयो । जसअनुसार एमालेसँग पार्टी एकता गरेर नेकपा बनाइएपनि त्यो टिक्न नसकेको उहाँले उल्लेख गर्नुभएको छ ।

आफ्नो प्रतिवेदनमा ओलीको चर्को आलोचना गर्नुभएका प्रचण्डले सुशासन र विकासको अपेक्षासहित एकता गरिएपनि ओलीको स्वार्थका कारण टिक्न नसकेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया