खोटाङ, १७ पुस । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङको जिल्ला अध्यक्षमा मोहन पोखरेल ‘सङ्ग्राम’ चुनिनुभएको छ । ‘शिक्षाको राष्ट्रियकरणमा जोड, निजीकरणलाई निरुत्साहन, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २३ औँ जिल्ला सम्मेलन’ भन्ने नाराका दिक्तेल बजारमा शनिबार सम्पन्न जिल्ला सम्मेलनले पोखरेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
३५ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा यम खड्का, सचिवमा विष्णु उपरकोटी, सह–सचिवमा घनश्याम ढकाल र सुरेश प्रधान तथा कोषाध्यक्षमा मुस्कान राई चयन भएका छन् । सम्मेलनले अभिषेक घिमिरे, प्रकास पोखरेल, पुजा रेग्मी, विप्लव कोईराला, एलिना गिरी, प्रतिमा राई, सरस्वती परियार, सुसिला तिमिल्सिना, सृजना अधिकारी, मिना योगी, रुवी राई, ईश्वर आचार्य, विक्रम क्षेत्री सदस्यमा चयन भएका छन् ।
यस्तै, कैलाश खड्का, मिलन भुजेल, झगराज राई, अनिल आचार्य, उमेश रिजाल, सौगात राई, दीपक खतिवडा, स्नेहा राई, युवराज कटवाल, सविन राई र प्रवेश राई सदस्य चुनिएका छन् । जिल्ला सम्मेलन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष एवम् एमालेका केन्द्रीय सदस्य सुनिता बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सम्मेलनमा एमालेका केन्द्रीय सदस्य उषाकला राई, जिल्ला अध्यक्ष राम दंगाल, जिल्ला सचिव कुमार आचार्य, सचिवालय सदस्य दीपनारायण रिजाल, सुरेन्द्रकुमार राई लगायतको उपस्थिति रहेको थियो । दिक्तेल बजारस्थित समिक्षालय हलमा आयोजित सम्मेलनमा साँस्कृतिक कार्यक्रमहरुसमेत गरिएको थियो ।