खोटाङ, २४ पुस । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा सीताराम राई ‘सञ्जिव’ चयन हुनुभएको छ । ‘समृद्ध नेपाल निर्माण लागि प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने नाराका साथ दिक्तेलस्थित शुभदिन होटलमा शनिबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले राईलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।
पन्ध्र सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा राजन ठटाल, महिला उपाध्यक्षमा अस्मिता दाहाल, सचिवमा दिवस रिजाल, सहसचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चयन हुनुभएको छ । समितिको सदस्यमा मनोज आचार्य, मिलन आचार्य, दीपेश श्रेष्ठ, योगिन राई, जीवन मगर, चिरञ्जिवी रिजाल, रोशन राई र उमेश भुजेज रहनुभएको छ ।
पाँच सदस्यीय सल्लाहकार समितिमा दमन राई, हरिवोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राई रहनुभएको छ । प्रदेश र केन्द्रीय प्रतिनिधि जिल्ला कार्यसमितिको पहिलो बैठकले चयन गर्ने नवनिर्वाचित सचिव रिजालले जानकारी दिनुभयो ।
अधिवेशन उद्घाटन समारोहमा सहभागी वक्ताहरुले पत्रकार विभिन्न पार्टी तथा सङ्गठनमा आवद्ध भएपनि पेशागत धर्ममा निष्पक्ष हुनुपर्ने जोड दिएका छन् । उनीहरुले पत्रकारले राजनीतिक आस्थाको आधारमा पक्षविपक्ष नहेरी यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।
पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा प्रेस सेन्टरका प्रतिनिधि सुर्य तामाङ, प्रेस युनियनका सभापति उत्तम चौलागाँई, अनेरास्ववियुका जिल्ला अध्यक्ष मोहन पोखरेल, नेपाल पत्रकार महासङ्का अध्यक्ष दिलीप खत्री, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का केन्द्रीय सदस्य केदार मगर, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डम्बरसिं राई, प्रेस चौतारीका केन्द्रीय सदस्य दमन राई, जनता समाजवादी पार्टीका नेता रविन खम्बु तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यस्तै, नेपाल बार एसोसियसन खोटाङका सचिव अधिवक्ता ओमप्रकाश घिमिरे, रावाबेँसी गाउँपलिका प्रमुख लिलानाथ निरौला, एमाले खोटाङका प्रचार विभाग प्रमुख दीलचक्र राई, प्रदेश सदस्य देवान राई, प्रेस काउन्सिलका सदस्य दीपक पाण्डे र प्रेस चौतरीका केन्द्रीय कोषाध्यक्ष ईन्द्र आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनको प्रमुख अतिथि एमालेका पोलिटब्यूरो सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तोकिएपनि एमालेको सातौँ जिल्ला अधिवेशनका कारण भट्टराईको उपस्थिति अधिवेशनमा हुन सकेन । प्रमुख सचेतक भट्टराई अनुपस्थित भएपछि एमालेका प्रदेश सदस्य राई, प्रेस काउन्सिलका सदस्य पाण्डे र चौतरीका कोषाध्यक्ष आचार्यले दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।