खोटाङ, ३ माघ । राष्ट्रिय युवा सङ्घ खोटाङको इन्चार्जमा वीनोद राई (संसार) निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सचिवालयको दोश्रो पूणर् बैठकबाट केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका राई राष्ट्रिय युवा सङ्घ खोटाङको ईन्चार्जमा निर्वाचित हुनुभएको हो ।
नेकपा एमाले निकट यूुवा संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको टुङ्गो लगाउँदै केन्द्रीय सचिवालय बैठकबाट संघको ईन्चार्जमा राईलाई निर्वाचित गरेको हो । जिल्लाबाट केन्द्रीय सदस्यमा नरदेव राई र सुजता राई निर्वाचित हुनुभएको छ ।
केन्द्रीय सचिवालयमा राई सबै भन्दा सिनियर(अग्रज)सदस्य हुन् । राई वि.सं. २०५८ साल मंसिर १५ गतेबाट राजनीति क्षेत्रमा सक्रिय भएर लाग्नुभएको थियो ।
एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष किरण पौडेलको नेतृत्वमा युवा संघले महाधिवेशन आयोजक मुल समितिको टु्ङ्गो लगाएको हो । समितिको सह-संयोजकमा सञ्जीव झा र क्रान्ति बुर्लाकोटी रहनुभएको छ ।
पुष २८ देखि सुरु भएको सचिवालयको दोश्रो पूणर् बैठक विवाद भएका कारण माघ १ सम्पन्न भएको थियो ।