कोरोनाविरुद्धको खोपका लागि विद्यालय खुलाइने, विद्यार्थीमा छायो खुसियाली

Halesi Khabar
0 Shares

खोटाङ,४ माघ । सरकारले यहि माघ १६ गतेदेखि २० गतेसम्म कोरोनाविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निणर्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड-१९ रोकथाम गर्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्रालयमा मंगलबार बसेको बैठकले निणर्य गरेको हो ।

मंगलबार गरिएको निणर्यले सो समयसम्म विद्यालयमा खोप अभियान नै चलाइने गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिनुभयो । विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निणर्य पनि बैठकले नै गरेको छ । उहाँले भन्नुभयो, “कोभिड सङ्क्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निणर्य पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछ ।”

त्यस्तै, बैठकले हवाईजहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गर्न समेत बैठकले निणर्य गरेको छ, भने अनलाइमार्फत टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको बताइएको छ ।

बैठकले राष्ट्रिय परिचयपत्र र इ-पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निणर्य पनि गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ ।

विदेशबाट नेपाल भित्रने नाकामा एन्टिजेन्ट परीक्षण गर्ने र खोप नलगाएकालाई खोप लगाउने व्यवस्था गर्ने निणर्य पनि बैठकले गरेको छ । नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोप लगाउने व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया