प्रेस चौतारीका पूर्वनिर्धारित सबै अधिवेशन अनिश्चत

Halesi Khabar
0 Shares

खोटाङ, ५ माघ । प्रेस चौतारी नेपालले कोरोना महामारीको कारण पूर्वनिर्धारित सबै अधिवेशन स्थगित गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र एमालेको आन्तरिक निर्देशनका आधारमा सबै अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।

पोखरामा यही माघ २२ र २३ गतेका लागि तोकिएको नवौं राष्ट्रिय महाधिवेशनसहित पूर्वनिर्धारित सबै प्रदेश र जिल्ला अधिवेशन स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।‘कोरोना महामारी बढेसँगै नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन समेत दिएको छ ।

विज्ञप्तीमा भनिएको छ । “पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि प्रेस चौतारी नेपालका थुप्रै साथीहरु सङ्क्रमित हुनुभएको छ । जसको कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनको निणर्यमा पुग्न हामी बाध्य भएका छौं ।”

कोरोना महामारी नियन्त्रण र रोकथामका सन्दर्भमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र नेकपा (एमाले) केन्द्रीय कार्यालयले माघ ३ गते जारी गरेको निर्देशनअनुसार प्रेस चौतारी नेपालको पूर्वनिर्धारित नवौं राष्ट्रिय महाधिवेशनलगायत सबै अधिवेशनहरु अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ,’ “अध्यक्ष बस्नेले जारी गर्नुभएको विज्ञप्ती भनिएको छ ।”

तपाईको प्रतिक्रिया