कोरोना विरुद्धको २० देखि २४ लाख डोज खोप हरायो : स्वास्थ्य सचिव

Halesi Khabar
0 Shares

काठमाडौं, ५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्याङ्क नभेटिएको बताउनुभएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपालमा कोरोना भाइरस सङक्रमणको पछिल्लो अवस्था र तयारीका बारेमा जानकारी दिँदै सचिव पोखरेलले अहिलेसम्म नेपालले प्राप्त गरेको कुल खोपमध्ये २० देखि २४ लाख डोज खोपको तथ्याङक नभेटिएको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार व्यक्तिहरुले खोप कार्डबिना नै पहिलो र दोस्रो मात्राको खोप लगाएको, सहरी क्षेत्रमा केहीले पहिलो डोज भन्दै तेस्रो डोज पनि लगाएको कारणले गर्दा पनि केही लाख खोपको लेखाजोखा भने नमिलेको देखिएको छ । अहिले तेस्रो डोज लगाउन आउनेहरुले पहिलो र दोस्रो डोज लगाउँदा आफूले कार्ड नै नपाएको पनि बताउने गरेका छन्, उहाँले भन्नुभयो , यसले उनीहरूले पहिला खोप लगाए पनि हाम्रो तथ्यांकमा भने इन्ट्री नभएको बुझिन्छ ।

यस्ता प्रशस्तै उदाहरण छन् ।उहाँका अनुसार बीचमा केही राष्ट्रहरूबाट सहयोग स्वरूप प्राप्त खोपको म्याद गुज्रिने मिति निकै कम रहेको कारणले गर्दा पनि त्यस्ता खोप व्यवस्थापन गर्न मन्त्रालयलाई कठिन भएको थियो ।

उहाँले सरकारले हाल तेस्रो डोज लगाउनेहरूको भने व्यवस्थित रुपमा तथ्यांक राख्ने प्रयास गरिरहेको दाबी गर्नुभयो । यस्तै डा. पोखरेलले विभिन्न प्राविधिक कठिनाइका कारण सरकारले घोषणा गरेअनुसार वडा-वडामा खोप पुर्‍याउन कठिन भइरहेको छ । हामीले वडा वडामा खोप पुर्‍याउने भनेका थियौं । हामी त्यसका लागि अहिले पनि लागिरहेका छौं, उहाँले भन्नुभयो ।
यो समाचार आज जनता टाइम्स डटकममा प्रकासित छ ।

तपाईको प्रतिक्रिया