राष्ट्रिय युवा संघ महाधिवेशन आयोजक कमिटी गठन


काठमाडौं, ५ माघ । नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले सात ओटा मापदण्ड तोकेर महाधिवेशन आयोजक समिति गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पुणर् बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुणर् बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरुलाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बताउनु भयो ।

‘केही नेताहरुलेअसन्तुष्टी जनाएपछि प्रचार बिभाग प्रमुख गुरुङले स्पष्ट मापदण्डका आधारमा आयोजक समितिलाई पूणर्ता दिइएको बताउनु भयो । समायोज र बिभिन्न क्लष्टरबाट मापदण्डका आधारमा छानिएको निणर्यलाई तोडमरोड गर्दै आयोजक कमिटीमै रहेका र आयोजक कमिटीमै नरहेका केही व्यक्तिहरुले संगठनको स्थापीत मुल्य मान्यता,विधि र पद्धति लाई लत्ताउँदै संगठनका असल र ईमानदार कार्यकर्तालाई भ्रमित पार्ने कोशिस गरिरहेका छन् । यी र यस्ता हर्कतहरु किमार्थ स्विकार्य र क्षमा योग्य छैनन् ,तपशिल वास्तविकतालाई आत्मसात गरि संगठनको निणर्यअनुसार संगठनको काममा सक्रिय हुन अनुरोध गर्दछु,’ गुरुङले भन्नुभयो ।

संघले पोखराबाट महाधिवेशन आयोजक समितिको संयोजकमा किरण पौडेल र सहसंयोजकमा सञ्जीवकुमार झा र क्रान्ति बुर्लाकोटी चयन गरेको छ । यही बैठकबाट उमेर हद नाघेका नेताहरुलाई बिदा दिइएको छ ।

यस्तो छ नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउँदा अपनाईएको मापदण्ड

१. पार्टी निर्देशन अनुसार राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरि महाधिवेशन आयोजक कमिटीको सदस्य,सचिवालय,स्थायी कमिटी, पदाधिकारी र कार्यालय कमिटीको संख्या घटाईएको ।

२. उमेर हद पार गरेका कमरेडहरुलाई अहिलेसम्म संगठनमा पुराउनु भएको योगदानको उच्च कदर गर्नका लागि पुर्ववत हैसियत सम्मानयोग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

३. पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा रहनुभएका कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

४. नेतृत्वले पटकपटक सजग गराउँदा पनि संगठनको जिम्मेवार तहमा बसेर पार्टी र संगठनको मुल नेतृत्व र नितिको बद्ख्वाई गर्दै हिड्ने कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

५. संगठनको उपल्लो तहको जिम्मेवारीमा रहेर पनि संगठनको काममा ६ महिना भन्दा बढी निष्क्रिय रहेका कमरेडहरुलाई विधानको आदेशअनुसार महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

६. महाधिवेशन आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पुणर् पालना गरिएको । जसअन्तर्गत ः-
१ र २ निर्वाचन क्षेत्र भएका जिल्ला २ खुल्ला १ महिला
३ र ४ निर्वाचन क्षेत्र भएका जिल्ला ३ खुल्ला १ महिला
५ र ६ निर्वाचन क्षेत्र भएका जिल्ला ४ खुल्ला १ महिला
१० निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ खुल्ला १ महिला
जनजाति तर्फबाट ६ खुल्ला ४ महिला
मधेसी तर्फबाट ६ खुल्ला ३ महिला
मुस्लिम तर्फबाट ३ खुल्ला १ महिला
उत्पिडित/दलित तर्फबाट २ खुल्ला १ महिला
थारु समुदाय तर्फबाट २ खुल्ला १ महिला
पिछडिएको क्षेत्र तर्फबाट २ खुल्ला १ महिला
अल्पसंख्यक तर्फबाट २ खुल्ला १ महिला
अपांग (विशेष क्षेत्र) तर्फबाट १ खुल्ला १ महिला
विशेष योगदान गरेकाहरु मध्येबाट २ खुल्ला १ महिला
खुल्ला तर्फबाट २७ खुल्ला १३ महिला
कार्यालय कमिटी १० खुल्ला ३ महिला
७. नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बाट १०% मनोनीत (मनोनीत गर्दा आन्दोलनमा विशेष योगदान गर्नुभएका केन्द्रीय सदस्य कमरेडहरुलाई प्राथमिकतामा राखिएको) र ५% समायोजन प्रक्रियामा छुट्नुभएका कमरेडहरु लाई समावेश गरिएको ।
८. पार्टी केन्द्रले तोकिदिएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सिमित संख्या भित्र समावेश गर्न छुट्नुभएका कमरेडहरुलाई योग्यता,क्षमता र क्रियाशीलता अनुसार केन्द्रीय आयोगहरु ( लेखा,अनुशासन र निर्वाचन) , केन्द्रीय विभागहरु,केन्द्रीय युवा परिषद र प्रदेश तथा विशेष प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गर्ने ।

तपाईको प्रतिक्रिया