कार्यालय प्रमुखलाई नै कोरोना सङ्क्रमण पूष्टि :कार्यालयको सम्पूर्ण सेवा स्थगित

Halesi Khabar
0 Shares

खोटाङ, ६ माघ । इलाका प्रशासन कार्यालय खोटाङबजारका कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण पूष्टि भएपछि प्रशासनको सेवा स्थगित गरिएको छ । कार्यालय प्रमुखलाई सङ्क्रमण पूष्टि भएपछि बुधबारदेखि इलाका प्रशासन कार्यालयको सम्पूर्ण सेवा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको हो ।

कार्यालयका अन्य कर्मचारीहरु भने होम क्वारेन्टिनमा बस्नु पर्ने भएकाले सेवा स्थगित गर्नुपरेको इलाका प्रशासन कार्यालय खोटाङबजारले जनाएको छ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा छिमेकी गाउँपालिका जन्तेढुंगा, बराहपोखरी गाउँपालिकाका सेवाग्राही समेत मारमा परेका छन् । गाउँपालिकामा बुधबार चार जनालाई कोरोना संक्रमण पूष्टि भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया