बैशाखमै संघीय चुनाव गर्ने प्रचण्डको प्रस्तावमा एमाले प्रमुख सचेतक भट्टराईले दिए यस्तो प्रतिक्रिया

Halesi Khabar
0 Shares

काठमाडौं, ६ माघ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वैशाखमै संघीय चुनाव गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव संविधान र कानुन विपरित रहेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको वैशाखी टेकेर रुखमा आउने मतले आफूले विजयी हाँसिल गरौँला भन्ने मनसायले प्रचण्डले यस्तो प्रस्ताव अघि सारेको बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुको जित सुनिश्चि नभएसम्म चुनाव नगराउने पक्षमा रहेको भन्दै प्रमुख सचेतक भट्टराईले उनीहरुलाई संविधान र कानुनको कुनै मतलब नरहेकोसमेत आरोप लगाउनुभयो ।

संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एमाले संधै तत्पर रहेको भन्दै उनले स्थानीय तहको चुनाव पछि सारेर संघीय चुनाव अगाडि गर्न खोजिए त्यो संविधान विपरित हुने बताउनुभयो ।

संसद आफूहरुले नभई सभामुख अग्नी सापकोटाका कारण राम्रो चल्न नसकेको भन्दै उनले अहिले फेरि संघीय चुनाव अगाडि गर्ने भनेर हल्ला फिँजाएर प्रचण्डले अर्को चालबाजी रचेको खुलासा समेत गर्नुभयो ।

यस्तै स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले पनि असन्तुष्टि जनाउनुभएको छ ।

एमाले महासचिव पोखरेलले सामाजिक संजालमार्फत व्यंग्य गर्दै भनेका छन्, ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानिय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ! ‘

सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए ।

नेप्लिज टाइम्सबाट

तपाईको प्रतिक्रिया