सम्पादक आचार्यसहित १३ जना पुरस्कृत

Halesi Khabar
0 Shares

खोटाङ, ८ माघ । खोटाङबाट प्रकाशित तुवाचुङ साप्ताहिकले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा हलेसी खबर डटकमका सम्पादक हरिवोल आचार्यलाई पुरस्कृत गरेको छ । आफ्नो तेश्रो वार्षिकोत्सवको अवसर पारेर पत्रिकाले आचार्यलाई स्वर्गिय.इन्द्रसेर-गउनसरी राई-तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरेको हो ।

आचार्यलाई नगद १५ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । शनिबार त्रीधार्मिस्थल हलेसीस्थित होटल भिजेलमा एक कार्यक्रमको आयोजना गरि पुरस्कृत आचार्यलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले पुरस्कार हस्तान्तरण गर्नुभएको हो । विगत डेढ दशक अघि देखी निरन्तर पत्रकारिता क्षेत्रमा निष्पक्ष कलम चलाउदै आउनुभएका आचार्यलाई तुवाचुङ साप्ताहिकले पुरस्कार प्रदान गरेको हो ।सम्पादक आचार्य प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

यस्तै, पत्रिकाले सम्पादक आचार्यसिहत ९ जना पत्रकार, एक जना शिक्षक, एक जना समाजसेवी, पत्रिकाका सीईओ र पूर्व प्रबन्ध निर्देशकलाई जनही १५ हजारका दरले नगदसहित प्रमाणपत्रले विभिन्न विधामा पुरस्कृत गरेको हो । प्रेमबहादुर राई-हीरामाया राई-तुवाचुङ साप्ताहिक पुरस्कारबाट अग्रज पत्रकार उजुर राईलाई गरिएको साप्ताहिकका प्रकाशक तथा सम्पादक दिपेन्द्र राईलाई बताउनुभयो । स्व. मेघराज राई-तुवाचुङ साप्ताहिक पुरस्कारबाट हलेसी खबरका प्रधान सम्पादक भिम राईलाई पुरस्कृत गरिएको हो ।

यस्तै, कान्तिपुर दैनिकका जिल्ला सम्वाददाता डम्बरसिं राईलाई स्व.हिमालशेर राई-तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरिएको छ, भने नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङका अध्यक्ष एवम् खोटाङ खबर साप्ताहिकका सम्पादक समेत रहनुभएका दिलीप खत्रीलाई हलेसी तुवाचुङ नगरपालिका-तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक तथा सम्पादक राईले जानकारी दिनुभयो ।

पत्रकार सुरेन्द्र चालिसेलाई रुनिशा राई-तुवाचुङ साप्ताहिक पुरस्कारबाट, पत्रकार तिलक चाम्लिङलाई भर्तसेर राई-रणकुमारी राई-तुवाचुङ साप्ताहिक मातृभाषा पुरस्कारबाट परस्कृत गरिएको जनाइएको छ ।

पत्रकार टिवन राईलाई स्व. राजकुमार राई-तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरिएको हो भने, पत्रकार शर्मीला विश्वकर्मालाई देवान राई-सतिसरा राई-तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, समाजसेवी राकेश परियारलाई चन्द्रबहादुर गिरी- तुवाचुङ साप्ताहिक समाजसेवी पुरस्कार र शिक्षक नवीन चाम्लिङलाई स्व. जसमाया राई-तुवाचुङ साप्ताहिक शैक्षिक पुरस्कारबाट पुरस्कृत गरिएको हो । तुवाचुङ साप्ताहिकका सीईओ पवन चाम्लिङ राईलाई तुवाचुङ मारातिका यातायात प्रालि-तुवाचुङ साप्ताहिक पुरस्कारबाट र तुवाचुङ साप्ताहिकका पूर्व प्रबन्ध निदेर्शक सुजन राईलाई स्व. कृष्णध्वज राई-तुवाचुङ साप्ताहिक पुरस्कारबाट पुरस्कृत गरिएको सम्पादक राईले बताउनुभयो ।

यस्तै, वार्षकउत्सवकै अवसरमा तुवाचुङ सापताहिकले उद्यमी-व्यवसायी रामप्रसाद राईलाई अभिनन्दन गरेको छ । समाजसेवी जनकराज राई, बेलायती गोर्खा सैनिक भविन्द्र राई, उद्यमी/व्यवसायी कैलाश राई, राजनीतिकर्मी कमल गिरी र किस्मत राई, शिक्षिका तारा राई, कमल कार्की र हलेसी तुवाचुङ नगरपालिकालाई प्रमाणपत्रले सम्मान गरिएको जनाइएको छ ।

 

वि.सं. २०७५साल साउन-४ गतेदेखि त्रिधार्मिकस्थल हलेसीबाट प्रकाशन शुरु भएको तुवाचुङ साप्ताहिक खबर पत्रिकाले जिल्लाका हरेक गतिविधिलाई आफ्नो प्रकाशनमा स्थान दिँदै आएको छ । तुवाचुङ साप्ताहिकले आफ्नो प्रकाशनको छोटो समयमा नै ठूलो उपलब्धी हाँसिल गरेको पाठकहरुले बताएका छन् ।

यस्तै, तुवाचुङ साप्ताहिकको दोस्रो वार्षिकोत्सवमा माइन्द्र चाम्लिङ (तुवाचुङ साप्ताहिक युवा उद्यमी) र दीपक राई, रामधन राई, सूर्य तामाङ, चिसाङ शेर्पा, नवीन चाम्लिङ राई, असल चरित्र र शिवकुमार राईलाई (तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार)बाट पुरस्कृत गरिएको थियो । आठै जनालाई जनही १५ / १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी सो साप्ताहिकको पहिलो वार्षिकोत्सवमा दमन राई, केदार मगर, उत्तम चौंलागाईं ( तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार), जनकराज राई (तुवाचुङ साप्ताहिक समाजसेवी पुरस्कार), विक्रम चेतनशील राई (तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार) र शेशुका राईलाई (तुवाचुङ साप्ताहिक खेलकुद पुरस्कार)बाट पुरस्कृत गरिएको थियो । तुवाचुङ साप्ताहिकले जनपक्षीय र ग्रामीण पत्रकारितालाई मूल मुद्दा बनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया