काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गर्नु भएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गर्नुभयो ।
नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्रमा लागिपरेको आरोप समेत लगाउनु भयो ।
लोकप्रिय पार्टि बन्दै एमाले ! काँग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश
रुपन्देहीको शुद्धोधन गाउँपालिका-७ वडाध्यक्षविहीन भएकाे छ ।
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा करिब एक महिनादेखि वडाध्यक्षविहीन छ ।
पद रिक्त रहेकाे जानकारी निर्वाचन आयाेगले सार्वजनिक सूचना जारी गरेर दिएकाे छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । याे जानकारी निर्वाचन आयाेगलाई दिनुपर्छ ।