खोटाङमा एमसीसी सम्झौताको चौतर्फी बिरोध, बन्द गराउँदै हिड्ने पाँचजना पक्राउ

Halesi Khabar
0 Shares

खोटाङ, ४ फागुन । एमसीसी सम्झौताको बिरोधमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका भातृ सङ्गठनहरुले खोटाङमा पनि बिरोध प्रदर्शन गरेका छन् । वाईसिएल नेपाल, युवा सङ्घ नेपाल, अनेरास्ववियु (क्रान्तीकारी) र अनेरास्ववियूले पूरानो बेसक्यामदेखि किराँतचोकसम्म बिरोध ¥याली निकालेको हो ।

¥यालीमा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनता रक्षा गरौँ, नो एमसीसी, गो ब्याक एलसीसी, एमसीसी चाहिन्दैन, देश बेच्न पाइन्दैन, राष्ट्रहित बिपरितको एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाइएको थियो । रत्नपार्कस्थित किराँतचोकमा पुगेर कोणसभामा परिणत भएको ¥यालीलाई वाईसिएलका केन्द्रीय सदस्य मिलन राई र अनेरास्ववियूका केन्द्रीय सचिव शम्भु घिमिरेले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा राई र घिमिरेले एमसीसी सम्झौता पास गर्नमा सघाउने आफ्नो पार्टी तथा अन्य माननीयलाई जिल्ला प्रवेशमा निषेध गनिने बताएका छन् । उनीहरुले बुधबारको बिरोध ¥याली साङ्केतिक भएको र सम्झौता खारेज नभए चरणवद्ध आन्दोलन घोषणा गरेर अगाडि बढ्ने बताएका छन् ।

एमसीसी सम्झौताविरुद्ध खोटाङका नागरिक समाजले हस्ताक्षर सङ्कलन गरेर प्रधानमन्त्रीलाई बुझाएको छ । दिक्तेलस्थित पुरानो बेसक्याम्पबाट शुरु गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइएको हस्ताक्षर सङ्कलन अभियानमा सहभागी टंक थापाले बताउनुभयो ।

‘नो एमसीसी, गो ब्याक एमसीसी, रिजेक्ट एमसीसी, एमसीसी फिर्ता गर’ लगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौता विरुद्ध हस्ताक्षर सङ्कलन गरिएको थियो । नागरिक समाजले सङ्कलन गरेको हस्ताक्षर अभियानमा स्थानीय बासिन्दा स्वतस्फूर्त सहभागी भएका थिए ।

यसैबीच, खोटाङमा एमसीसी सम्झौताको विरुद्धमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ परेका छन् । एमसीसी सम्झौता विरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी आव्हान गरेको बन्द सफल बनाउन हिँडेका पाँच बन्दकर्तालाई प्रहरीले दिक्तेलबाट पक्राउ गरेको हो ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता झमप्रसाद आचार्य, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सुदीप शर्मा लागायत पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गमा यातायात बन्द गराउँदै हिँडिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

जिल्लामा एमसीसी सम्झौताबिरुद्ध आव्हान गरिएको बन्दको प्रभाव सबैभन्दा बढी शैक्षिक संस्थामा परेको थियो । यद्यपि, प्रहरीले भने बजार तथा यातायातमा बन्दको प्रभाव नपरेको जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया