भोजपुर माओवादिलाई लाग्यो ११ हजार भोल्टको झट्का, निर्वाचित वडा अध्यक्ष सहित सिङगो गाउँ एमालेमा प्रवेश

Halesi Khabar
0 Shares

भोजपुर । माओवादि पार्टीबाट निर्वाचित वडा अध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरि ७२ जना एमाले प्रवेश गरेका छन् । टेम्केमैयुम गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुर्य नेपाल निर्वाचित वडा सदस्यहरु सहित एमाले प्रवेश गरेका हुन । उनि नेकपा माओवादी भोजपुरका सचिवालय सदस्य एवं तत्कालिन माओवादी जनसरकारका जिल्ला सचिव समेत रहेका थिए ।

एमाले प्रवेश गर्नेहरुमा वडा सदस्य भगवान पुरि, माओवादी टेम्केमैयुम गाउँपालिका सदस्य गोविन्द पुरी, वडा उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ,सचिव सन्दिप पुरी लगायत ६० जना रहेका छन । यस्तै नेपालि काग्रेसबाट वडा सदस्यकोे उमेद्धार बनेकि अम्बिका रम्तेलले पनि पार्टी परित्याग गरि एमाले रोजेकि छिन । जनता समाजवादी पार्टीका संभव राई पनि नेकपा एमालेमा प्रवेश गरेको टेम्केमैयुम गाउँकमिटी अध्यक्ष सुनिल राईले बताए । यो संगै माओवादीको टेम्केमैयुम गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि शुन्यभएको छ ।

एमाले प्रवेशगर्दै वडा अध्यक्ष सुर्य नेपालले अवको विकल्प नेकपा एमाले मात्र भएको र गाउँपालिकाको विकास एमालेले मात्र गर्ने भएको कारण आफुहरु एमालेमा प्रवेश गरेको बताए । नेकपा एमाले भोजपुरका अध्यक्षले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारि प्रदान गरिने बताएका थिए ।

केन्द्रीय सदस्य हरीबहादुर राईले राजनीतिक, वैचारिक र सांगठानिक रूपमा सबल र सक्षम पार्टी एमाले भएकोले अवको निर्वाचनमा बहुमत पार्टी हुने बताए । एमाले विरुद्धभएको घेराबन्दी चाडै तोडिने समेत बताए ।
एमाले प्रवेश गर्नेहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा भोजपुर इन्चार्ज हरिबहादुर राई , जिल्ला अध्यक्ष शरण राई , टेम्केमैयुम गाउँपालिका अध्यक्ष धुव्रराज राई लगायतले पार्टी प्रवेश गराएका थिए ।

तपाईको प्रतिक्रिया