खोटाङ, नेकपा एमाले खोटाङले चुनाब केन्द्रीत गतिविधि सुरु गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले विभिन्न जिम्मेवारी वाडफाँड गर्दै जिल्लाका १० स्थानिय तहलाई चलायमान बनाउन चुनाब केन्द्रीत गतिविधि सुरु गरेको हो।
पुस २३ र २४ गते सम्पन्न जिल्ला अधिबेशन पछिको पहिलो बैठकले दिएको अधिकार प्रयोग गर्दै पदाधिकारीहरुको फाल्गुण ९ गते बसेको वैठकले सचिवालय चयन तथा अन्य जिम्मेवारी वाडफाँड गरेपछि वसेको सचिवालयको बैठकले १० स्थानिय तहमा इन्चार्ज तथा सह–इन्चार्ज तोकेर एमाले अरु पार्टि भन्द एक स्टेप अघि बढेको छ ।
एमाले खोटाङ अध्यक्ष रामप्रसाद दंगालका अनुसार जिल्लाकै ठुलो स्थानिय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा बिणादेबी राई तथा सह–इन्चार्जमा दिनेश साम्पाङ र अनिसा खनाल, हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा रमेश तिवारी तथा सह–इन्चार्जमा किशोर श्रेष्ठ र कुमार बुढाथोकी रहेका छन् ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकाको इन्चार्जमा गिरेन राई तथा सह–इन्चार्जमा पुष्पकला भुजेल र गणेश नेपाल यस्तै, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा कृष्णकुमार राई तथा सह–इन्चार्जमा खगेन्द्र गुरुङ र अडिराम राई, खोटेहाङ गाउँपालिकाको इन्चार्जमा राजन बञ्जरा तथा सह–इन्चार्जमा कविता राई र कृष्णकुमार राई रहेका छन् भने, जन्तेढुंगा गाउँपालिका इन्चार्जमा तिलक बस्नेत तथा सह–इन्चार्जमा शंखरबहादुर राई र विदुरमान राईले जिम्मेवारी पाएका छन् ।
यस्तै,दिप्प्रुङ चुईचुम्मा गाउँपालिकाको ईचार्जमा लोकेन्द्र इन्चार्ज तथा सह–इन्चार्ज भीमबहादुर खत्री र विनोद संसार रहेका छन् । यस्तै, बराहपोखरी गाउँपालिकाको इन्चाजर्मा गोमा मगर तथा सह–इन्चार्जमा रुद्र विष्ट र दिलबहादुर राई रहेका छन् भने, रावाबेँसी गाउँपालिकाको इन्चार्जमा लिलानाथ निरौला तथा सह–इन्चार्जमा खेमराज राई र बाबुराम जोशी रहेका छन् ।
यस्तै जिल्लाको कान्छो स्थानिय तह साकेला गाउँपालिकाको इन्चार्जमा गोपीकृष्ण खड्का तथा सह–इन्चार्जमा धनपाल राई र शिव बस्नेतले रहेका छन् । १०९ सदस्यीय जिल्ला कमिटी रहेको एमाले खोटाङले एक सदस्य एक जिम्मेवारी दिएको अध्यक्ष दंगालले जानकारी दिनु भयो ।
एमाले खोटाङका ईन्चार्ज एवं केन्द्रीय पोलिटब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आथित्यता तथा केन्द्रीय सदस्य एवं सह–ईन्चार्ज उषाकला राईको विशेष आथित्यताम भएको बैठकमा , प्रदेश सदस्य हरि पोखरेल, देवान राई, ईन्द्रप्रसाद दंगाल, खडेन्द्र साङपाङ, राजन ढकाल, तेज ढुंगाना, दिलिप राई र पदाधिकारीहरु अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देबविक्रम राई, सचिव कुमार आचार्य र उपसचिव शुरेन्द्रकुमार राई र सबै सचिवालय सदस्यको उपस्थीति रहेको सचिव आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार अर्का उपसचिव दिपनारायण रिजाल भने कामको शिलशिलामा काठमाण्डौमा रहनु भएको छ ।
एमालेले विशेष सर्कुलर जारि गरेर बैठकमा भएका निर्णय रहेक कार्यकर्ताको हातहातमा पु¥याउने सचिब आचार्यले जानकारी दिनु भयो ।