खोटाङ, २ चैत । पूर्वी पहाडी जिल्ला खोटाङमा पनि पछिल्लो समय होली पर्व अर्थात फागु पूर्णिमाको रौनक बढ्दै गएको छ । केही वर्षअघिसम्म होलीको दिन प्रायः सुनसान हुने दिक्तेल बजार लगायतका व्यापारिक केन्द्रहरुमा पछिल्लो समय धुमधामका साथ रङ खेलेर होली पर्व मनाउन थालिएको हो ।
दश स्थानीय तह रहेको खोटाङ जिल्लामा होली पर्व आउनुभन्दा हप्तादिन अघिदेखि नै तयारी थालिएको छ । अहिले दिक्तेल बजार तथा व्यापारिक केन्द्रहरुमा ‘ह्याप्पी होली’ लेखिएको टिसर्ट तथा रङ खरिद गर्ने सर्वसाधारणको भिड लागिरहेको छ ।
खोटाङ लगायत पूर्वी पहाडी जिल्लाहरुमा भोलि चैत–३ गते होली पर्व मनाइदै छ । रङहरुको पर्व होली मनाउन सरकारले पहाडी जिल्लाका लागि भोलि र तराईका जिल्लामा पर्सि सार्वजनिक विदासमेत दिएको छ ।
जिल्लाबासीले होली पर्व धुमधामका साथ मनाउन थालेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले मर्यादित र सभ्य ढङ्गले मनाउन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै होली÷फागु मनाउने क्रममा कानून बिपरितका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
होली÷फागुमा जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने, पानीले छ्याप्ने जस्ता अमर्यादित र उच्छृङ्खल गतिविधि गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने व्यक्तिलाई प्रशासनले चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जारी गर्नुभएको सार्वजनिक सूचनामा होली मनाउने बाहनामा कसैको इच्छा बिपरित जबरजस्ती रङ दल्ने, बाटो छेक्ने, लोला हान्ने, पानी तथा फोहोरा छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने जस्ता अमर्यादित, गै¥हकानूनी र उच्छ्रृङ्खल किसिमका कुनै पनि गतिविधि नगर्न÷नगराउन भनिएको छ ।
प्रशासनले मर्यादित र सभ्य ढङ्गले मनाएर होली÷फागुको धार्मिक एवम् साँस्कृतिक महत्व सिद्ध गर्न अनुरोध गरेको छ । किराँत समुदायको बाहुल्यता रहेको जिल्लामा पछिल्लो समय धार्मिक सहिँस्नुताका लागि होली पर्व मनाउने गरिएको हो ।