सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा एमालेमा फर्किएका छन् । पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका उनी बिहीबार पुनः एमालेमै फर्किएका हुन् । उनलाई एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलले स्वागत गरेका थिए ।
बुढा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए। यस्तै विभाजनपछि समाजवादी रोजेका वीरेन्द्रनगरका नेताहरु जागुराम थारु, कृष्णबहादुर थापा, विमला थापा पनि एमालेमै फर्किएको एमाले सुर्खेत जिल्लाका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए । यस्तै वीरेन्द्रनगर नगरपालिका– १० का वडा सदस्य सुनिता चौधरी पनि एमाले फर्किएकी छन्।
शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्न मात्र सोधिने
शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ सार्वजनिक गरेको छ। सार्वजनिक पाठ्यक्रम अनुसार अब अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने छ ।
यसअघि आयोगले एक सय पूर्णाङकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । परीक्षामा १०० पूर्णाङक राखिएको छ भने ५० पूर्णाङक उत्तिर्णांक राखिएको छ ।