खोटाङ, ७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चैत्र १९ गते खोटाङ आउने हुनु भएको छ । एमाले जिल्ला कमिटी खोटाङले आयोजना गरेको बृहत जनसभालाई संबोधन गर्न र हलेसी महादेबको दर्शन गर्न अध्यक्ष ओली खोटाङ आउने निश्चित भएको एमाले खोटाङले जनाएको छ ।
सोमबार दिक्तेलबजारस्थित पुष्पलाल स्मृती भवनमा पत्रकार सम्मेलन गर्दै जिल्ला कमिटी खोटाङले अध्यक्ष ओली आउने निश्चित भएको बताउँदै तयारी थालेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।अध्यक्ष ओली १९ गते हेलिकोप्टरमार्फत विहान ८ बजे त्रिधार्मीकस्थल हलेसीमा आइपुग्ने तयारी रहेको बताइएको छ ।
सम्मेलनमा आफ्ना सबै पार्टी कमिटी जन-सङ्गठनहरुलाई परिचालन गर्न समिती समेत निर्माण गरेको एमाले अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो । अतिथी तथा अध्यक्षलाई स्वागतका लागि संयोजकमा उषाकला राई, प्रचार-प्रसार समिती संयोजकमा रमेशकुमार पौडेल, विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्तालाई प्रवेश संयोजकमा रामप्रसाद दंगाललाई तोकिएको छ ।
यस्तै, कार्यक्रमको समग्र व्यबस्थापन संयोजक खडेन्द्र राई, जनपरिचालन समिती संयोजक देवबिक्रम राई, मञ्च व्यबस्थापन समिती संयोजक कुमारप्रसाद आचार्य, आर्थीक व्यबस्थापन समिती संयोजक सुरेन्द्रकुमार राई, स्वयमसेवक परिचालन समिती संयोजक दिलचक्र राई र सांस्कृतिक कार्यक्रम परिचालन समिती संयोजक प्रमोद श्रेष्ठलाई जिम्मेवारी तोकीएको नेकपा एमालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।