खोटाङ, ७ चैत । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदान नेपालको राष्ट्रहितमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । सोमबार खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा जोड्ने साप्सु खोलाको नवनिर्मित मोटररेवल पक्कि पुल उद्घाटन पश्चात कार्यक्रलाई सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।
एमसिसी नेपालको राष्ट्रहितमा छ । उहाँले भन्नुभयो, “ यो अनुदान हो, अवश्य पनि यसले देशमा गरिवी निवारणदेखि लिएर आर्थीक विकासमा ठूलो भुमिका राख्ने विश्वास गरिएको छ ।”