मधेस प्रदेशका मुख्यमन्त्रीको खानेपानी लाइन काटियो

Halesi Khabar
0 Shares

जनकपुरधाम, ८ चैत । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नै खानेपानीको बिल नतिरेको खुलासा भएको छ । महसुलको बिल नतिरेपछि नेपाल खानेपानी संस्थानले कडा कदम चालेको छ । यो कदमको सर्वच प्रसंशा भइरहेको छ ।

ठूलो पदमा भएपनि सरकारी निकायले नियम अनुसार काम गर्न आँट गरेको भन्दै नेपाल खानेपानी संस्थानका अधिकारीहरुको उच्च प्रसंशा भइरहेको छ । पटक-पटक ताकेता गर्दा पनि बिल नतिरेपछि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले लाइन नै काटेको छ ।

मुख्यमन्त्री राउतको बुवा दशरथ राउत गद्दीको नाममा खानेपानी बिल रहेको छ । उहाँको नाममा खानेपानीका धारा ग्राहक संख्या ६७७७ आइडी नम्बर ४७० र एरिया नम्बर क,८,१३ रहेको छ ।

धाराको पानी महसुल १ लाख ८ हजार ८११ रुपैयाँ ३० पैसा छन् । तर समयमा बिल नतिर्दा ५४ हजार ४०५ रुपैयाँ ६५ पैसा जरिवाना समेत जोडिएको छ । मुख्यमन्त्री राउतका बुवा दशरथको नाममा पानीको बिल कुल १ लाख ६३ हजार २१६ रुपैयाँ ९५ पैसा बक्यौता रहेको कार्यालय प्रमख इन्जिनीयर निरण महर्जनले बताउनुभएको छ ।

उहाँका अनुसार पटक-पटक बक्यौताको लागि जानकारी र कालो सूचीको सार्वजनिक सूचना निकाल्दा पनि बक्यौता नतिरेकाले फागुन २० गतेको निणर्यअनुसार लाइन काटिएको हो ।

तपाईको प्रतिक्रिया