नेपाल निर्माण व्यवसायी महासङ्घ खोटाङको अध्यक्षमा पुनः रमेश निर्वाचित

Halesi Khabar
0 Shares

खोटाङ, ११ चैत । नेपाल निर्माण व्यवसायी महासङ्घ खोटाङको अध्यक्षमा पुनः रमेश पौडेल (दिनेश) निर्बिरोध निर्वाचित हुनुभएको छ । बिहीबार दिक्तेल बजारस्थित होटल शुभदिनमा १२ औं साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनबाट पौडेल दोश्रो कार्यकालका लागि निर्बिरोध चयन हुनुभएको हो ।

अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, उपाध्यक्षमा सुनिल राई र प्रकाश थापा चयन हुनुभएको छ भने महासचिवमा दिलचक्र राई, सचिव (आन्तरिक) भिम राई, सचिव (नीतिगत) शशिकुमार राई, कोषाध्यक्षमा शरद राई र सह-कोषाध्यक्षमा बिराज आचार्य चयन हुनुभएको हो ।

यस्तै, सदस्यहरुमा भीषण राई, यादवसेन राई, शरदचन्द्र राई, मैयाँ आचार्य, इन्द्रलक्ष्मी ताम्राकार, लालबहादुर बिक, कृष्ण बन्जरा, खिलराज श्रेष्ठ, जितेन राई, पदिप राई चयन हुनुभएको बताइएको छ । सम्पन्न पाँचौ अधिवेशनले जोशेफ रिजाल, दिनेश गुरुङ, मिनुहाङ राई र मनिचन्द्र राईलाई केन्द्रिय प्रतिनीधि चयन गरेको हो ।

तपाईको प्रतिक्रिया