खोटाङ, ११ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ढाकुमशेर राई नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित खानीडाँडामा एक कार्यक्रमको आयोजना गरी राईसहित विभिन्न पार्टीका ३३ जना क्रियाशिल सदस्य एमालेमा प्रवेश गरेका हुन् ।
राई १७८ मत ल्याई स्थानीय तह निर्वाचन २०७४ मा राप्रपाबाट वडाध्यक्ष पदमा पराजित हुनुभएको थियो । नेकपा एमालले जनताको मन जितेको छ । राईले भन्नुभयो, “नितान्त एमालले देशमा विकास र समृद्धिको यात्रा निरन्तर बढाएको छ । हो यही कारण म नेकपा एमालेमा सम्माहित भएको हँु ।” जनताको समस्याको समाधान गर्ने पार्टी नेपालमा एक मात्र छ त्यो हो नेकपा एमाले ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा देशमा विकास र समृद्धिको सुरुवात भएको भन्दै राष्ट्रियता र विकासको मुद्दा मन परेर एमालेमा प्रवेश गरेको कांग्रेस पार्टी परीत्याग गर्नेहरुले बताएका छन् ।
सो कार्यक्रममा एक कांग्रेसका क्रियाशिल सदस्यले भने देउवा सरकारले नेपाली जनतालाई लुटिरहेका छन् । जनताको पसिनाबाट कमाईखानेले राज्यको ढुकुटी समेत रित्याएका छन् । जनतालाई भनेजस्तो सेवा मुखी काम गर्नुको सट्टा दैनिक जिवनमा आईपर्ने समस्याको समाधान गर्नु त कहाँ हो ? कहाँ उल्टै हाम्रो जिवन यापनमा समस्या पैदा सिर्जना गरिदिएका छन् । उनीहरुले खाद्यन्न सामाग्री, खानेतेल पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य वृद्धि गरिरहदा जनस्तरमा कस्तो समस्या परिरहेको छ त्यो कहिले पनि जनतालाई सोधेनन् । किनकी उनीहरु जनतामारा हुन ।
सो कार्यक्रमको अवसरमा टोल कमिटी समेत गठन गरिएको छ । कमिटीको अध्यक्षमा अर्जुनकुमार खड्का, उपाध्यक्षमा तिलक खत्री, सचिव मिलन कार्की सह-सचिव अम्बिरा कटवाल कोषध्यक्षमा सिर्जना कटवाललाई चयन गरेको नेकपा एमाले जिल्ला कमिटी खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो ।
नवप्रवेशीहरुलाई चैत्र १९ गते दिक्तेलबजारस्तिथ हेलिप्याडमा हुने बृहत जनसभामा नेकपा एमाललेका अध्यक्ष केपिशर्मा ओलिले प्रवेश गराउनुहुने जिल्ला कमिटी खोटाङका सचिव कुमारप्रसाद आचार्यले बताउनुभयो । नवप्रवेशीहरुले नेकपा एमालेको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढेको भन्दै सबै नेकपा एमालेमा एकजुट भएर देश विकासको सपना साकार पार्नेतर्फ लाग्नुपर्ने जोड दिएका छन् ।
नवप्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिईने नेकपा एमाले नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्यले बताउनुभयो । कार्यक्रममा नेता दिपक परियार नन्दप्रसाद घिमिरेको उपस्थिती रहेको थियो ।