प्रेस चौतारी नेपाल १ नं. प्रदेशको ईन्चार्जमा लुईटेल र सह–ईन्चार्जमा आचार्य

Halesi Khabar
0 Shares

खोटाङ, १३ चैत । नेकपा एमाले निकट पत्रकारको सङ्गठन प्रेस चौतारी नेपाल प्रदेश–१ को ईन्चार्जमा विक्रम लुईटेल र सह–ईन्चार्जमा हरिबोल आचार्य चयन हुनुभएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय समितिको आइतबार काठमाडौँमा बसेको बैठकले ईन्चार्जमा लुईटेल र सह– ईन्चार्जमा आचार्यलाई चयन गरेको हो ।

पोखरामा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले आज नै सातवटै प्रदेशमा ईन्चार्ज र सह–ईन्चार्ज तोकेको छ । बिगत दुई दशकदेखि पत्रकारितामा सक्रिय ईन्चार्ज लुईटेल पूर्वेली आवाजमा र सह–ईन्चार्ज आचार्य हलेसी खबर पत्रिकामा आवद्ध हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया