वृहत जनसभालाई सफल बनाउन दिक्तेलबजारमा साँस्कृतिक र्‍याली

Halesi Khabar
0 Shares

खोटाङ, १६ चैत । चैत १९ गते खोटाङको दिक्तेलमा हुने वृहत जनसभामाको प्रचारमा राष्ट्रिय साँस्कृतिक महासंघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन खोटाङले संयुक्त साँस्कृतिक र्‍याली निकालेका छन् । नेकपा (एमाल)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिद्धारा सम्बोधन हुने वृहत जनसभालाई सफल बनाउन दुई भातृ सङ्गठले साँस्कृतिक र्‍याली निकालेका हुन् ।

बुधबार विहान दिक्तेल बजारस्थित नेकपा (एमाले) को पार्टी कार्यालयबाट शुरु गरिएको साँस्कृतिक र्‍याली भवनगैरा, त्रिवेणी चौक हुँदै हाटडाँडालाई परिक्रमा गरी रत्नपार्क जिरोप्वाइन्टमा साँस्कृतिक र्‍यालीको समापन गरिएको थियो । जन-जनमा एमाले, समृद्धीका लागि जिताउँछु एमाले भन्ने मुल नारासहित प्रचार-प्रसार गरिएको हो ।

साँस्कृतिक र्‍याली कार्यक्रममा नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेत एवम् खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराई, नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य एवम एक नम्बर प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवम् खोटाङ सह-इन्चार्ज उषाकला राई, केन्द्रिय सदस्य रमेशकुमार पौडेल, जिल्ला कमिटी अध्यक्ष रामप्रसाद दंगाल, दिक्तेल नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्यलगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

वृहत जनसभालाई सफल बनाउन जिल्ला कमिटी, जनवर्गीय सङ्गठनहरु अहोरात्र प्रचार-प्रसारमा खटिई विभिन्न माध्यमबाट प्रचारका कामहरू गरिरहेका छन् । अध्यक्ष ओली १९ गते विहान ८ बजे हेलिकोप्टरमार्फत त्रिधार्मीकस्थल हलेसीमा आइपुग्ने र हलेसी दर्शन पछि दिक्तेल आउने तयारी रहेको नेकपा एमाले जिल्ला कमिटी खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया