एमाले अध्यक्ष ओलीलाई हलेसीमा भब्य स्वागत हुने, यस्तो छ तयारी

Halesi Khabar
0 Shares

खोटाङ, १७ चैत । नेकपा एमाले हलेसी तुवाचुङ नगरकमिटीले एमाले अध्यक्ष ओलीलाई स्वागत गर्न बैठक बसेको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिलाई स्वागत गर्न तथा दिक्तेल बजारमा हुने वृहत जनसभालाई सफल बनाउन एमालले हलेसी तुवाचुङ नगर कमिटीको बैठक बसेको हो ।

अध्यक्ष ओली १९ गते विहान ८ बजे हेलिकोप्टरमार्फत त्रिधार्मीकस्थल हलेसीमा आइपुग्ने हुदा उहाँलाई स्वातग गर्न तथा सूरक्षाका विषयमा नगर कमिटीले बैठकको आयोजना गरेको थियो । हलेसी महादेवको दर्शन पश्चात करिव दश बजेबाट पत्रकार सम्मलेन गरिने बताएइको छ । अध्यक्ष ओलीको सूरक्षाका लागि हलेसीमा मात्रै पचास जना स्वयमसेवकको परिचालन गरिने नेकपा (एमाले) जिल्ला कमिटी खोटाङका अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिनुभयो । दिक्तेल बजारस्थित माटिकोरे खेल मैदानमा हुने वृहत जनसभालाई सफल बनाउन एमालेका सबै जनवर्गीय सङ्गठनहरु अहोरात्र प्रचार-प्रसारमा खटिई विभिन्न माध्यमबाट प्रचारका कामहरू गरिरहेका छन् ।

हलेसीमा अध्यक्ष ओलिलाई आराम गर्नका लागि होटल व्याबस्थानको काम र विभिन्न पार्टी परीत्याग गरी १९ गते नेकपा एमालेमा प्रवेश गर्नेको नाम लिष्ट समेत तयार पार्ने काम गरिएको एमालले जनाएको छ । बैठकमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य, एक नम्बर प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवम् खोटाङ जिल्ला सह-इन्चार्ज उषाकला राई, केन्द्रिय सदस्य रमेशकुमार पौडेल जिल्ला कमिटी, प्रदेश कमिटी सदस्य खडेन्द्र राई, भुपेन्द्र राईलगायतको नेताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया