खोटाङ, १८ चैत । नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आयोजना गरेको वृहत जनसभाको तयारी ९० प्रतिशत सम्पन्न भएको एमालेले जनाएको छ । शुक्रबार दिक्तेल बजारस्थित पुष्पलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै एमालेले भोली हुने वृहत जनसभाको तयारी ९० प्रतिशत सम्पन्न भएको जनाएको हो।
निर्वाचनको सम्मुखमा हुन गइरहेको जनसभामा नेकपा (एमाले) का अध्यक्ष् एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओली उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पहिले त्रिधार्मिकस्थल हलेसीमा आएर हलेसी महादेवको अवलोकन गर्नुहुने बताइएको छ । खोटाङ जिल्लालाई समृद्ध बनाउन अध्यक्ष ओलिले महत्वपूणर् खेल्नुहुने नेकपा एमाले खोटाङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । हलेसीमा गुरु योजना लागु गराउनका लागि साथै त्रिधार्मिकस्थल हलेसी महादेवको प्रचार-प्रसार तथा प्रर्वद्धनमा अध्यक्ष ओलीको महत्वपूणर् भुमिका रहने नेकपा (एमाले) का केन्द्रिय सदस्य रमेशकुमार पौडेलले बताउनुभयो । ‘हामी जिल्लावासी हलेसीमा अन्तराष्ट्रियकरन गर्न चाहान्छौँ, ब्रान्डिङ गर्न चाहान्छौँ ।’
“हलेसीको प्रचार नहुको कारण भौतिक पूवार्धार विकास, विकटता का कारण र अन्य विविध कारण हलेसीको प्रचार गर्न सकिरहेका छैनौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओली त्यस्तो पात्र हो । जस्ले राष्ट्रियताको हाम्रो सस्कार, सँस्कृति र सभ्यताको प्रमोट गर्ने रक्षा गर्ने नेपालको राजनीतिक नेत्तृवमा केपि ओली जस्तो अरु नभएको उहाँले दावी गर्नुभयो ।
शनिबार हुने वृहत जनसभामा दशौ हजार जनतालाई सदरमुकाममा उतार्ने तयारी रहेको छ भने, हजारौँ जनतालाई पार्टी प्रवेश गराइने भएको जिल्ला कमिटी अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो । अध्यक्ष दंगालका अनुसार हामीले आम जनसमुदायलाई केपि ओलीका महत्वपूणर् भनाई शुन्न र बुझ्न निमन्त्रणा पत्रमार्फत जनसभामा सहभागि हुनका लागि अनुरोध गरेका छौँ । उहाँले भन्नुभयो, “हामीले कुनै पार्टी नछुट्याई निमन्त्रणा पत्र बाडेका हौँ ।”
दश स्थानीय तह रहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । जिल्लाका सबै स्थानीय तहमा एक दिने कार्यशाला गोष्ठि समेत सम्पन्न गरिसकिएको आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । दिक्तेल बजारस्थित माटिकोरे खेल मैदानमा भोली हुने वृहत जनसभालाई सफल बनाउन एमालेका सबै जनवर्गीय सङ्गठनहरु अहोरात्र प्रचार-प्रसारमा खटिई विभिन्न माध्यमबाट प्रचारका कामहरू गरिरहेका छन् । एमाले अध्यक्ष ओली र उपाध्यक्ष थापा ‘बादल’ सहित दुईवटा हेलिकोप्टमार्फत दश जना हलेसीमा प्रस्थान हुने नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक एवम् खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले जानकारी दिनुभयो ।
हलेसीमा अध्यक्ष ओलि र पूर्व गृहमन्त्री थापा ‘बादल’ लाई आराम गर्नका लागि होटल व्याबस्थानको काम सकिएको छ भने विभिन्न पार्टी परीत्याग गरी जिल्लाका ७९ वटा वडाबाट नेकपा एमालेमा प्रवेश गर्नेको नाम लिष्ट समेत तयार पार्ने काम भईरहेको जिल्ला कमिटी अध्यक्ष दंगालले जानकारी दिनुभयो । दिक्तेल बजारका विभिन्न चौकमा एमालेका भातृ सङ्गठनहरुले गेट निर्माण गर्दै व्यानर र प्लेक्स राख्ने काम पनि सकिएको प्रचार-प्रसार समितीले जनाएको छ ।